सिडिओको कार्यकक्षमा जेनजी शहीदको नामावली अनिवार्य
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकामध्ये शहीदको सूचीमा परेका ४५ जनाको नामावली देशभरका जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले ७७ वटै सिडिओ कार्यालयलाई परिपत्र गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सो नामावली राख्न निर्देशन दिएको हो ।
परिपत्रमा भनिएको छ, ‘जेनजी सुशासन योद्धाहरुको नामावली पत्राचार भएको मितिले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउनुहुन मिति २०८२–०८–२१ गतेको (माननीय मन्त्रीस्तरीय) निर्णयानुसार अनुरोध छ ।’
टिप्पणीहरू