प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नजाने भएपछि कतारको राजधानी दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ जाने हुनुभएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायतको व्यस्तताले प्रधानमन्त्री प्रचण्डको दोहा जाने कार्यक्रम अन्तिम क्षणमा आएर स्थगित भएको हो । सोही सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठलाई पठाउन हिजो बसेको क्याबिनेट बैठकले आवश्यक निर्णय गरेको हो ।
फागुन १९ गते उहाँ नेतृत्वको प्रतिनिधिमण्डल दोहा जानेछ भने २३ फागुनमा स्वेदश फर्कने कार्यक्रम क्याबिनेटले स्वीकृत गरेको छ । यही मार्च ५ देखि ९ सम्म दोहामा हुने एलडीसी राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा ‘सम्भावनादेखि समृद्धिसम्म’ शीर्षकमा छलफल हुँदैछ ।