संसदमा कांग्रेस र एमाले एकै ठाउँमा बस्ने

संसदमा कांग्रेस र एमाले एकै ठाउँमा बस्ने

नयाँ सत्ता समीकरण बनेसँगै सरकार छोडेर हिँडेको नेकपा एमाले र राप्रपाका सांसदहरु अब संसदमा प्रतिपक्षी बेञ्चमा बस्ने भएका छन् । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएको दोस्रो ठूलो पार्टी एमाले संगसंगै प्रतिपक्षको मञ्चमा बस्ने भएका हुन् । सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षीको हैसियत मागिरहेको नेपाली काँग्रेस नयाँ समीकरण बनेपछि छिट्टै सरकारमा जाने तरखरमा छ । तर, त्यतिञ्जेलसम्मका लागि ऊ वैधानिकरुपले प्रतिपक्षकै हैसियतमा रहने छ ।

‘विश्वासको मत दिएपनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्षिप्त प्रतिक्रिया दिँदै भने । सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्धा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।

यता, राष्ट्रपतिमा माओवादीको समर्थन नपाएपछि प्रचण्ड नेतृत्वको सरकार छोडेको एमालेले आफ्ना सांसदहरुलाई प्रतिपक्षी बेञ्चमा बस्ने बन्दोबस्त मिलाइदिन संसद सचिवालयलाई भनिसकेको छ ।

टिप्पणीहरू