मोटरसाइकल दुर्घटनामा कुस्ती खेलाडीको निधन

मोटरसाइकल दुर्घटनामा कुस्ती खेलाडीको निधन

मोटरसाइकल दुर्घटनामा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्युु भएको छ । सप्तरीको राजविराजमा हिजो भएको दुर्घटनामा ५० वर्षीय पूर्व कुस्ती खेलाडी श्याम मण्डलको मृत्यु भएको हो ।

राजविराज नगरपालिका–११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार बुधबार राति १० बजेतिर दुर्घटनामा परि गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मध्य‍राति १२ बजे मृत्यु भएको हो ।

टिप्पणीहरू