भर्खरकी महिलाको प्रेममा डुबेका ७५ वर्षीय वृद्ध विक्षिप्त

भर्खरकी महिलाको प्रेममा डुबेका ७५ वर्षीय वृद्ध विक्षिप्त

प्रेममा उमेरको छेकबार हुँदैन भन्ने यथार्थ बनेका छन् दाङका एक जना वृद्ध र र आधा उमेरकी महिला । वृद्धभत्ता बुझ्ने उमेरका वृद्धले आफूभन्दा आधा उमेरकी महिलासँग प्रेममा फसेपछि अहिले सम्पत्ति सबै स्वाहा पारेका हुन् ।

७५ वर्षीय जानकी लाल बस्नेतले सबै सम्पत्ति गुमाएको बताइन्छ । लमही नगरपालिका वडा नम्बर ९ अलिमियाका ७५ वर्षीय बस्नेतले ३८ वर्षकी महिलासँग प्रेम गरेका हुन् । उनको मायाजालमा फसेर १२ कट्ठाभन्दा बढी जग्गा गुमाएपछि उनी विक्षिप्त झैँ भएका छन् ।

फोन सम्पर्कबाट चिनजान भएकी तुलसीपुर ५ की ३८ वर्षीया कमला थापासँग समयक्रमसँगै उनको प्रेम बसेको बतााइन्छ । ‘बोल्दा बोल्दै मायाप्रेममा फसाइन् । अहिले जग्गा गुमाएँ,’ उनले भने ।

आफ्नो सहारा नभएपछि महिलासँग बोलचाल गरेको उनको भनाइ छ । बोलचालसँगै महिलासँग आफ्नो प्रेम बसेको उनले स्वीकारेका छन् । मायाँसँगै विश्वास पनि गरेँ । सबै सम्पत्ति उनकै नाममा पास गरिदिँ । तर आज मरितुल्य बनाएर गइन्,’ बस्नेतले रुँदै भने ।

उनका अनुसार गत जेठ अन्तिमदेखि ती महिलासँग फोनमा कुराकानी भएको हो । त्यसपछि मायाजालमा परेर सबै सम्पत्ति उनकै नाममा पास गरिदिएको वृद्व बस्नेत बताउँछन् ।

उनले भने, ‘फोन र भेटमा पनि उनले मलाई बाँचुञ्जेल साथ दिन्छु भनिन् ।  मैले पनि होला भनेर जग्गा पास गरिदिएँ तर अहिले उठिबास लगाइन् ।’ भएभरको सम्पत्ति सबै गुमाएपछि छ महिनाको प्रेममा रमाएका बस्नेत अहिले विक्षिप्त भएर सडकमा भौंतारिएका हुन् ।

टिप्पणीहरू