दक्षिणकालीमा सुमो दुर्घटना, भारतीय यात्रुको निधन

दक्षिणकालीमा सुमो दुर्घटना, भारतीय यात्रुको निधन

दक्षिणकालीमा भएको सुमो दुर्घटनामा एक जनाको निधन भएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आएको सुमो आज दिउँसो दक्षिणकाली नजिकैको छैमलेको शीतल चोकमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

ना.१ ज ३४२४ नम्बरको टाटा सुमो पल्टिँदा भारत बिहारका २८ वर्षे मनोज कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारार्थ बल्खुस्थित बयोधा अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

सुमोमा सवार अन्य नौ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू