हिन्दु परिषदका केन्द्रीय सदस्यमाथि गाई काटेको आरोप

हिन्दु परिषदका केन्द्रीय सदस्यमाथि गाई काटेको आरोप

हिन्दु परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झामाथि गाई काटेर मासु बेचेको आरोप लागेको छ ।  पर्साको वीरगञ्ज महानगरपालिकास्थित चिकेन स्टेशनका सञ्चालक झाले गाईको मासु बेच्ने गरेको आरोपमा मधेसी आयोगले कारवाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको छ ।  

झाद्वारा सञ्चालित चिकेन स्टेशनमा नेपालको राष्ट्रिय जनावर गाईको मासु बेच्ने गरिएको उजुरी प्राप्त भएकोले मन्त्रालयलाई त्यसको जानकारी गराएको आयोगकी शाखा अधिकृत विन्दुदेवी शर्माले बताइन् । 

आयोगले गृहलाई लेखेको पत्रमा भनिएको छ, ‘जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिकास्थित हिन्दु परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेशनमा नेपालको राष्ट्रिय जनावर गाईको मासु बेच्ने गरेकोसम्बन्धी यस आयोगमा प्राप्त उजुरी तहाँ मन्त्रालयसँग सम्बन्धित भएकोले यसै पत्रसाथ सक्कलै प्रति संलग्न गरी आवश्यक कारबाहीको लागि पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’

टिप्पणीहरू