नर्सहरुको सौन्दर्य प्रतियोगिताको उपाधि विधिलाई

नर्सहरुको सौन्दर्य प्रतियोगिताको उपाधि विधिलाई

नर्सिङ पढेका र पढिरहेका महिलाहरुको सौन्दर्य प्रतियोगिता हो, मिस नेपाल पिस । सोही प्रतियोगितामा यस वर्षको उपाधि विधि लम्सालले जितेकी छन् । 

फाइनल पुगेका २२ प्रतिश्पर्धीलाई पछि पार्दै उनले टाइटल जितेकी हुन् । उपाधि जितेसँगै विधिले मिस ग्लोबलमामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । 

काभ्रे घर भएकी उनले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट नर्सिङको अध्ययन पूरा गरेकी हुन् ।

प्रतियोगितामा अनिशा पराजुली 'मस्ट इन्टिलेक्चुअल'को टाइटलसहित फस्ट रनरअप बनिन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङ पढिरहेकी छन् । 

त्यस्तै, पला रेग्मी 'मस्ट चार्मिङ'को टाइटलसहित सेकेन्ड रनरअप बनेकी छन् । उनले विनायक कलेज अफ हेल्थ साइन्सबाट पीसीएल नर्सिङ गरेकी हुन् । 

प्रतियोगितामा मोनिका थापा मगरले 'नर्स विथ प्रपोज', सदिति श्रेष्ठले 'मस्ट फोटोजेनिक र बेस्ट स्किन', लस्ता श्रेष्ठले 'मस्ट पपुलर र पब्लिक च्वाइस', सलिना बादेले 'मिस फिटनेस' र दिव्या बम ठकुरीले 'मस्ट ट्यालेन्ट'को उपाधी जिते । 

प्रतियोगिताको निर्णायकमा प्रशान्त ताम्राकार, नम्रता श्रेष्ठ, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसीलगाय थिए ।

टिप्पणीहरू