मीटरब्याज पीडितहरुलाई सिंहदरबार बोलाइयो

मीटरब्याज पीडितहरुलाई सिंहदरबार बोलाइयो

सरकारले मिटरब्याज पीडितहरुसँग वार्ता गर्ने जनाएको छ । उनीहरुसँग भोलि बिहान गृह मन्त्रालयमा वार्ताको तयारी गरिएको बताइएको छ । 

सरकारले सहसचिव नेतृत्वको समितिलाई पीडितहरुसँग वार्ता गर्न निर्देशन दिएपछि भोलि बिहान सिंहदरबार बोलाइएको हो । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले मिटरब्याज पीडितहरुलाई भोलि बिहान सिंहदरबारमा बोलाइएको पुष्टि गरेकी छन् । 

पैदल यात्रा गरेर महोत्तरीको बर्दिबासदेखि काठमाडौं आएका उनीहरुले अस्ति र हिजो प्रदर्शन गरेका थिए । तर अधिकांश पीडित बिरामी परेपछि आज विरोध कार्यक्रम राखेनन् । राजधानी आएकामध्ये धेरैजसो महिला छन् । केही बालबालिका पनि आमासँगै पैदल राजधानी आएका हुन् ।

टिप्पणीहरू