केजरीवालका सांसदसँग विवाह गर्दै परिनीति ?

केजरीवालका सांसदसँग विवाह गर्दै परिनीति ?

आम आदमी पार्टीका सांसद राघव चड्डा र बलिउड अभिनेत्री परिनीति चोपडा गत–साता मुम्बईमा एकसाथ डिनरमा देखिए ।

त्यसपछि दुई जनाको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी गरिँदै आएको छ। दुई जनाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् तर राज्यसभा सांसद सञ्जीव अरोडाले एक कदम अगाडि बढेर राघव र परिनीतिलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म हृदयदेखि राघव र परिनीतिलाई बधाई दिन चाहन्छु। उनीहरूको मिलन माया र खुशीले भरियोस्। मेरो शुभकामना ।’ अरोडाको लेखाइपछि धेरैले बधाई दिन शुरु गरेका छन् तर अहिलेसम्म दुई जनाले भविष्यको बारेमा फैसला लिन लागेका हुन् कि लिइसके भन्ने पुष्टि हुन सकेको छैन ।

हालै राघवसँग भारतीय समाचार एजेन्सी एएनआईले परिनीतिसङ्गको विवाहबारे सोधेको थियो । जवाफमा उनले  भनेका थिए, ‘मलाई राजनीतिबारे प्रश्न गर्नुहोला,परिनीतिबारे होइन। यदि विवाहको फैसला भयो भने म आफै जानकारी दिनेछु।’ मिडियाका अनुसार दुई जनाको परिवार निकै नजिक छन् र उनीहरू यो जोडीमा खुशी छन् ।
 

टिप्पणीहरू