सिंहदरबारमा भएको मिटरब्याज पीडितसँगको वार्ता स्थगित

सिंहदरबारमा भएको मिटरब्याज पीडितसँगको वार्ता स्थगित

गृह मन्त्रालयमा भएको सरकारी अधिकारी र आन्दोलनरत मिटरब्याज पीडितहरुबीचको वार्ता रोकिएको छ । स्थगित वार्ता आजै बेलुकी ६ बजे बस्ने जानकारी दिइएको छ ।

मन्त्रालयमा भएको वार्तामा सरकारको प्रनिनिधित्व गृहकी सहसचिव रुद्रोदेवी शर्मा र आन्दोलनकारीहरुको तर्फबाट मनोजकुमार पासवान सहभागी भएका हुन् । वार्तामा अरुको पनि उपस्थिति रहेको बताइन्छ ।

 पीडितहरुको तर्फबाट प्रधानमन्त्रीलाई लेखिएको नौ बुँदे मागपत्र बुझाएपछि वार्ता औपचारिक रुपमा शुरु भएको थियो । आन्दोलनकारीहरुमध्ये अन्य धेरै जना नयाँ बानेश्वरको सडकमा धर्नामा बसेका छन् ।

टिप्पणीहरू