मीटर ब्याज पीडितहरुलाई बिहानै सिंहदरबार बोलाइयो

मीटर ब्याज पीडितहरुलाई बिहानै सिंहदरबार बोलाइयो

सरकारी अधिकारीहरु र मीटर ब्याज पीडितहरुबीच गृह मन्त्रालयमा पुनः वार्ता शुरु भएको छ । उनीहरुबीच हिजो दिउँसो भएको वार्ता स्थगित भएको थियो । बेलुकी ६ बजे बस्ने जानकारी दिइए पनि आज बिहानबाट पुनः वार्ता थालिएको बताइएको छ ।

वार्तामा सरकारको तर्फबाट गृहकी सहसचिव रुद्रोदेवी शर्माले प्रतिनिधित्व गरेकी छन् । आन्दोलनकारीहरुको तर्फबाट मनोजकुमार पासवान सहभागी भएका हुन् । दुबैतर्फबाट गरेर झण्डै एक दर्जनको उपस्थिति रहेको बताइन्छ ।

हिजो पीडितहरुको तर्फबाट प्रधानमन्त्रीलाई लेखिएको नौ बुँदे मागपत्र बुझाएपछि वार्ता औपचारिक रुपमा शुरु भएको थियो । हिजो दिउँसो वार्ताको समयमा आन्दोलनकारीहरुमध्ये अन्य धेरै जना नयाँ बानेश्वरको सडकमा धर्नामा बसेका थिए ।

टिप्पणीहरू