पोखरा उडेको सौर्य एअरलाइन्सको विमानलाई काठमाडौं फर्काइयो

पोखरा उडेको सौर्य एअरलाइन्सको विमानलाई काठमाडौं फर्काइयो

काठमाडौंबाट पोखरा गएको सौर्य एअरलाइन्सको विमान अवतरणको निम्ति पुनः काठमाडौं फर्काइएको छ । साढे ४ बजे उडेको विमान पोखराको आकाशमाथि पुगेर काठमाडौं आएको हो । 

खराब मौसमका कारण विमान अवतरण हुन नसकेपछि एसएयु ६७८ उडान नम्बरको विमान फकाईएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । मौसम एक्कासी बिग्रेपछि पोखरामा अवतरण हुने र पोखराबाट प्रस्थान गर्ने सबै उडान रद्दको क्रममा छन् ।

 यति एअरलाइन्सको एउटा उडान पनि रद्द भएको छ । बुद्ध एअरको त्यसअघि र साढे ५ बजेको उडानलाई डिले गराइएको छ ।

टिप्पणीहरू