नेकपा एकीकृत समाजवादीले संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ ।
पार्टी संसदीय दलको आज बसेको बैठकले चौधरीलाई चयन गरेको हो । उनी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन् ।
अघिल्लो सरकारमा चौधरी सहरी विकासमन्त्री थिए ।