विदेश जानुअघि हजारका नोटको डसना, सिरक बनाएर सुत्नेलाई प्रहरीको बोलावट

विदेश जानुअघि हजारका नोटको डसना, सिरक बनाएर सुत्नेलाई प्रहरीको बोलावट

केही दिनअघि टिकटकमा हजार र पाँच सय दरका नोटलाई खाट, सिरक र डसना जताततै बिच्छाएर सुतेका एक जना विद्यार्थी प्रहरीको निगरानीमा परेका छन् । केही दिनअघि उक्त हर्कत गरेका ललितपुरका सुलभ आचार्यसँग सोधपुछ गरेपछि प्रहरीले निगरानीमा राखेको बताएको छ ।

नोटको ओछ्यान बनाएर सुत्ने व्यक्तिको खोजी गर्ने क्रममा आचार्य फेला परेका हुन् । काठमाडौं परिसरसमेतको ध्यानाकर्षण भएपछि सामाजिक सञ्जाल टिकटकमा एक हजार र पाँच सय दरका नोटको ओछ्यान बनाइएको फोटो र भिडियो पोष्ट गर्ने हाल ललितपुरको महालक्ष्मी नगरपालिका ५, टिकाथली बस्ने सुलभ आचार्यलाई प्रहरी परिसरमा बोलाएर सोधपुछ गरेको बताइन्छ । 

महोत्तरीको बर्दिबास–१ स्थायी घर भएका उनले अध्ययनको निम्ति विदेश जाने क्रममा कलेज फि बुझाउन बैकबाट पैसा झिकेपछि रमाईलोको निम्ति उक्त भिडियो बनाएको बयानको क्रममा स्वीकारेका हुन् । त्यस सम्बन्धमा अनुसन्धान गर्दा प्रहरीले उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिनआएको जनाएको छ । 

आचार्यलाई आयन्दा यस्ता छाडा र गम्भीर प्रकृतिका गतिविधि नगर्ने सर्तमा प्रहरीले निगरानीमा रहनेगरी सचेत गराएर छाडेको हो ।

टिप्पणीहरू