एसईईमा खेताला लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी

एसईईमा खेताला लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी

रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध  पक्राउ पूर्जी जारी भएको छ । 

आफ्नो एसईई परीक्षा दिन अर्कैलाई खटाएको आरोपमा उनलाई रौतहट जिल्ला अदालतले आज पक्राउ पूर्जी जारी गरेको छ । साहको सट्टामा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका–६, पोठियाहीका कमल साह हिजो पक्राउ परेका थिए । 

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकाले छानबिन गर्नु परेकोले उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा  परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका थिए । उनले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेको बताइएको छ ।

टिप्पणीहरू