पूर्वमुख्यमन्त्रीको फेसबुक पेजमा महिलाको उत्तेजक तस्वीर

पूर्वमुख्यमन्त्रीको फेसबुक पेजमा महिलाको उत्तेजक तस्वीर

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा संघीय सांसद महेन्द्रबहादुर शाहीको नामबाट चलाइएको फेसबुक पेज ह्याक भएको छ । ‘सेक्रेटेरियट अफ एक्स चिफ मिनिस्टर,कर्णाली प्रदेश’ नामको पेज ह्याकरको कब्जामा पुगेको हो । 

४७ हजार फलोअर्स भएको पेजमा ह्याकरले उच्छृङ्खल खालको तस्वीर सार्वजनिक गरेको छ । हिजो राति सो पेजबाट पूर्वमुख्यमन्त्री शाहीको फोटो हटाएर वान पिस लगाएकी युवतीको तस्वीर पोस्ट भएको छ । 

"हिजो राति सो पेजबाट पूर्वमुख्यमन्त्री शाहीको फोटो हटाएर वान पिस लगाएकी युवतीको तस्वीर पोस्ट भएको छ । "

झण्डै एक सातादेखि फेसबुक पेज ह्याक भएको पूर्व मुख्यमन्त्री शाहीले बताए । पटकपटक रिकभर गर्न खोज्दा पनि सफल हुन नसकेको उनको भनाइ छ ।  उनका अनुसार उक्त पेज सचिवालयका सल्लाहकार धुव्र बुढाथोकीले चलाउँदै आएका थिए । बुढाथोकीको फेसबुक अकाउण्ट ह्याक भएको केहीदिनमै सचिवालयको पेज पनि नचल्ने बनेको उनी बताउँछन् । 

‘फेसबुक ह्याक भएको साता बितिसकेको छ । अझैपनि रिकभर हुन सकेको छैन । सचिवालयका सल्लाहकार पनि रोल्पा जानु भएकाले अप्ठ्यारो परेको छ । ह्याक भएदेखि उक्त पेजमा अहिलेसम्म एउटा पनि पोस्ट हालिएको थिएन । हिजो राति अचानक त्यस्तो फोटो हालियो । हामी साइबर ब्यूरो जाने तयारीमा छौं’,उनले भने ।

टिप्पणीहरू