उत्तर कोरियाको अर्को परीक्षण,पानीमुनि आक्रमण गर्न सक्ने नयाँ आणविक ड्रोन

उत्तर कोरियाको अर्को परीक्षण,पानीमुनि आक्रमण गर्न सक्ने नयाँ आणविक ड्रोन

उत्तर कोरियाले विश्वलाई अचम्म तुल्याउने नयाँ परीक्षण गरेको छ । पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको नयाँ ड्रोनको परीक्षण गरिएको हो ।

त्यहाँको सरकारी सञ्चारमाध्यम ‘केसीएनए’ का अनुसार उक्त परीक्षण गत बुधबारदेखि हिजोसम्म गरिएको थियो । हिजो सम्पन्न परीक्षण हाएइल–२ ड्रोनको हो । यसअघि हाएइल–१ को पनि सफल परीक्षण गरिएको जनाइएको छ ।

कोरियाली भाषामा सामुन्द्रिक सुनामीलाई हाएइल भनिन्छ । समुद्रभित्र लुकेर शत्रुलाई आक्रमण गर्न उक्त नामको नयाँ ड्रोन बनाइएको बताइन्छ । अमेरिकाको नेतृत्वमा दक्षिण कोरियाले पछिल्लो समय ठूलो सैन्य अभ्यास गर्दै आएपछि उत्तरले पनि नयाँ परीक्षणलाई जारी राखेको हो ।

टिप्पणीहरू