विद्यार्थी र अभिभावकसँग पैसा नलिन सरकारी स्कुललाई कडा निर्देशन

विद्यार्थी र अभिभावकसँग पैसा नलिन सरकारी स्कुललाई कडा निर्देशन

काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयलाई विद्यार्थी वा अभिभावकसँग कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । कतिपय सामुदायिक विद्यालयले अभिभावकको इच्छा विपरीत दान, उपहार, चन्दा वा सहयोगका नाममा रकम लिएको भन्दै महानगरपालिकाले यस्तो निर्देशन दिएको हो । 

महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आज सूचना प्रकाशित गर्दै शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दान, उपहार, चन्दा वा सहयोग गरेमा मात्र लिन सकिने व्यवस्थाको स्मरण गराएका छन् । उनले अभिभावकको इच्छाविपरीत रकम लिन नपाउने भन्दै यस्तो कार्य नगरिदिन समेत आग्रह गरेका हुन् । 

सूचनामा भनिएको छ, ‘कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोगका नाममा निजको इच्छाविपरीत रकम लिएको भन्ने गुनासो यस विभागमा आएको हुँदा सामुदायिक विद्यालयहरुलाई विद्यार्थी वा अभिभावकहरुसँग बाध्यकारी रुपमा रकम नलिन सूचित गराइन्छ ।’

टिप्पणीहरू