एनओसी चाहियो भन्दै विद्यार्थीहरु सडकमा

सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) मा रोक लगाएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ । विभिन्न इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले आज बिहान बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको बिस्तारित सडकमा भेला भएर डेढ दर्जन विद्यार्थीहरुले तत्काल एनओसी दिने व्यवस्था मिलाउन माग गरे । सरकारले ल्याउन लागेको एनओसी विधेयक खारेज गर्न माग गर्दै उनीहरुले चर्को नारावाजीसमेत गरेका थिए ।  

त्यसक्रममा उनीहरुले 'हामीलाई एनओसी चाहियाे', 'सरकारले ल्याउन खाेजेकाे एनओसी विधेयक खारेज गर', 'हाम्रो भविष्यमाथि खेलवाड गर्न पाइदैन', 'सरकार हामीलाई खाडी नपठा', 'हाम्रो माग पूरा गर', 'नालायक शिक्षा मन्त्री राजीनामा दे', आतंक सरकार मूर्दावाद'जता नारा लगाइएका थिए ।

सरकारले गत चैत १२ गतेदेखि एनओसी दिन रोक लगाएको छ ।

टिप्पणीहरू