लाइसेन्सको पास कोड कसले चलाउँछ ?

लाइसेन्सको पास कोड कसले चलाउँछ ?

पोखरास्थित सवारी चालक अनुमतिपत्र कार्यालयमा बिचौलियाको चलखेल रहस्यमय ढंगबाट बढेको छ । लाइसेन्स परीक्षाको आवेदन फर्म एडिट गर्दै आफ्ना मान्छेको नाम प्रविष्ट गराउने कार्य भएकोबारे सवारी चालक अनुमतिपत्र कार्यालयका कर्मचारीले आश्चर्य मानेका छन् । 

लाइसेन्स फर्म एडिट गर्न कम्प्युटर सफ्टवेयर लग–इन गर्नुपर्ने हुन्छ । लग–इन पासवोर्ड यातायात व्यवस्था विभागका तोकिएका विशेष कर्मचारी वा सवारी चालक अनुमति कार्यालयका अधिकृतसँग मात्र रहने व्यवस्था छ । तर, पोखराको सवारीचालक अनुमतिपत्र कार्यालयमा चोर बाटोबाट धमाधम लाइसेन्स आवेदन फारम एडिट गरिँदै आएको छ । 

फर्म भरेको १६ दिनपछि मात्रै सम्पर्क मिति तोकिने सफ्टवेयरको प्रबन्ध भए पनि बिचौलियाले सर्वसाधारण जनताले भरेर पठाएको फर्म सर्भरबाटै हटाई उक्त स्थानमा अर्कै व्यक्तिको फर्म प्रविष्ट गरिन्छ । यसरी एडिट गरिएका फर्म एक हप्ताभित्रै सम्पर्क मिति (भिजिट डेट) मिलाइएको पाइएको छ जबकि पासवर्ड नहानी सर्भर नै खोलिँदैन, सर्भर नखोली फर्म एडिट गर्नु सम्भव छैन । 

चोर बाटोबाट भएको फेक डाटा इन्ट्रीका सम्बन्धमा छानबिन तथा अनुसन्धान गर्न कार्यालयले प्रमाणसहित मन्त्रालयमा उजुरी दियो तर आजसम्म कुनै छानबिन शुरु नगरिएको र गोप्य ठाउँमा बसेर अवैध फार्म पेश गरी डाटा इन्ट्री भैरहेको पाइएको छ ।
 

टिप्पणीहरू