उपप्रधानमन्त्री खड्कालाई अर्को मन्त्रालयको जिम्मा

उपप्रधानमन्त्री खड्कालाई अर्को मन्त्रालयको जिम्मा

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपति कार्यालयले आज उक्त जानकारी दिएको हो । 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएकोमा उहाँकै सिफारिसमा खड्कालाई सो जिम्मेवारी दिइएको शीतल निवासको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाली आउनुभएकोमा प्रधानमन्त्रीको सिफारिसमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई सम्हाल्ने गरी तोक्नुभएको छ ।’

टिप्पणीहरू