भारतीय राजदूतपछि परराष्ट्रमन्त्रीलाई अमेरिकी राजदूतको भेटेरै बधाई

भारतीय राजदूतपछि परराष्ट्रमन्त्रीलाई अमेरिकी राजदूतको भेटेरै बधाई

नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदलाई बधाई दिन नेपालका लागि अमेरिकी राजदूत आज मन्त्रालय पुग्नुभएको छ । राजदूत डिन आर. थम्पसन मध्यान्ह मन्त्रालय पुगेर मन्त्री साउदसँग भेटवार्ता गर्नुभएको हो । 

उहाँहरुबीच मध्यान्ह साढे १२ बजेदेखि झण्डै ५० मीनेट कुराकानी भएको मन्त्रालय स्रोतले बताएको छ । आइतबार अपरान्ह नियुक्त मन्त्री साउदलाई भारतीय राजदूत नवीन श्रीवास्तवले सोही दिन साँझ मन्त्रालय पुगेर बधाई दिनुभएको हो ।
 

टिप्पणीहरू