पर्सि बोलाइएको संवैधानिक परिषद् बैठक सिंहदरबारमा बस्यो, प्रधानन्यायाधीश नियुक्ति मुख्य एजेण्डा

पर्सि बोलाइएको संवैधानिक परिषद् बैठक सिंहदरबारमा बस्यो, प्रधानन्यायाधीश नियुक्ति मुख्य एजेण्डा

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको बताइएको छ ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषय मुख्य एजेण्डा रहेको स्रोतको दाबी छ । अस्ति बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेस सभापति शेर बहादुर देउवासहितको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो । 

प्रधानमन्त्रीले उक्त बैठक शुक्रबार बोलाउनुभएको थियो । तर आज आकस्मिक रुपमा बैठक बसेको हो । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षा र कानुनमन्त्री पूर्णबहादुर खड्का, एमाले अध्यक्ष ओली उपस्थित हुनुहुहन्छ । 

यता, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुसको राजधानी मस्को जाँदै हुनुहुन्छ । उहाँ आठ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज बिहान साढे १० बजे त्यता जान लाग्नुभएको हो । उहाँ रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्कोको निमन्त्रणमा त्यता जान लाग्नुभएको संसद सचिवालयले जनाएको छ ।

टिप्पणीहरू