थाइल्याण्डमा २१ वर्षकी पोथी पाण्डाको देहान्त, मृत्युको कारण खोज्न चिनियाँ टोली व्यस्त

थाइल्याण्डमा २१ वर्षकी पोथी पाण्डाको देहान्त, मृत्युको कारण खोज्न चिनियाँ टोली व्यस्त स्रोत : सिन्ह्वा

थाइल्याण्डको चिडियाघरमा २१ वर्ष उमेरको एउटा पाण्डाको मृत्यु भएको छ । उत्तरी थाइल्याण्डको चियाङमाई चिडियाघरमा राखिएको पाण्डा लिन हुईको मृत्यु भएको बताइएको छ । 

सन् २००३ मा थाइल्याण्ड सरकारले दुई वर्षको पोथी पाण्डालाई चीनसँग ऋणमा खरिद गरेको थियो । थाइल्याण्डको पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति अचानक पाण्डा कोमामा गएपछि अवस्था दयनीय बनेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

पाण्डfलाई तत्काल चिडियाघरबाट उद्धार गरेर उपचार शुरु गरिए पनि अस्ति बिहान करिब २ बजे मृत्यु भएको केन्द्रले जनाएको छ । उच्च रक्तचाप र मृगौलामा समस्या उत्पन्न भएकाले पाण्डाको मृत्यु भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । 

चीनले पाण्डाको मृत्युको कारण पत्ता लगाउन र थाइल्याण्डका पाण्डा विज्ञहरुसँग सल्लाह गर्न एउटा विशेषज्ञ टोलीलाई थाइल्याण्ड पठाएको छ ।

 

टिप्पणीहरू