रवि लामिछाने हवाई मार्ग हुँदै काठमाडौँबाट भरतपुर प्रस्थान

रवि लामिछाने हवाई मार्ग हुँदै काठमाडौँबाट भरतपुर प्रस्थान

उपचुनावको मौन अवधि शुरु भएसँगै काठमाडौँ आएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: चितवन फर्किएका छन् । 

आज दिउँसो हवाई मार्ग हुँदै उनी चितवन पुगेका हुन् । बुद्ध एयरको बिएचए-३५९ उडानबाट लामिछाने दिउँसो पौने १ बजे काठमाडौँबाट भरतपुरका लागि प्रस्थान गरेको बताइएको छ । 

लामिछाने बैशाख १० गते हुने उपचुनावमा चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका छन् । उनको पार्टीले तनहुँ-१ र बारा-२ मा पनि उम्मेदवार उठाएको छ । अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्न खटिएका उनी तनहुँ र बारामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका थिए । 

तर, हिजो मध्यरातिबाट मौन अवधि शुरु भएपछि चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको छ । त्यसपछि काठमाडौँ आएका लामिछाने आजै भरतपुर फर्किएका हुन् ।
 

टिप्पणीहरू