माधव नेपाल सवार विमान अवतरणपछि मौसम खराब
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सिमराबाट काठमाडौं आउनुभएको छ । उहाँ हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित झण्डै एक दर्जन नेता तथा कार्यकर्तासँगै सेनाको हेलिकोप्टरमा त्यता जानुभएको थियो । अध्यक्ष नेपाल आज दिउँसो साढे १ बजे बुद्ध एअरको उडानमा राजधानी आइपुग्नुभएको बताइन्छ ।
यता, दिउँसो २ बजेपछि राजधानीलगायत मुलुकका अधिकांश भूभागको मौसम एक्कासी खराब भएको छ । दिउँसो पौने ३ बजे काठमाडौंबाट झापाको भद्रपुरतर्फ गएको बुद्ध एअरको उडान नम्बर बीएचए ९५५ विमान उताको मौसम खराब भएपछि काठमाडौं आएको छ । विमान साढे ३ बजे काठमाडौंमा अवतरण गरेको हो ।

त्यसैगरी राजविराज, विराटनगर, जनकपुर, पोखरा, नेपालगञ्जको मौसम पनि खराब भएको छ । आकाशमा धुँवा र धुलो तथा हुरिबतासका कारण उडानहरु अवरुद्ध भएका छन् । खराब मौसम र न्यून भिजिबिलिटीका कारण अधिकांश उडान ढिलो भएको विमानस्थल स्रोतले बताएको छ ।
टिप्पणीहरू