अभिनन्दन थाप्न पूर्वराजा ज्ञानेन्द्र सपरिवार नेपालगञ्जमा, सुरक्षाको जिम्मा शिवसेनाले लिने

अभिनन्दन थाप्न पूर्वराजा ज्ञानेन्द्र सपरिवार नेपालगञ्जमा, सुरक्षाको जिम्मा शिवसेनाले लिने

पूर्वराजा ज्ञानेन्द्र शाहको बाँकेको नेपालगञ्जमा जय जयकारसहित नागरिक अभिन्दन गरिने भएको छ । आगामी सोमबार बागेश्वरी मन्दिरमा महाआरती उतारिने र त्यसको पर्सिपल्ट २० गते रामलीला मैदानमा भव्य कार्यक्रमका बीच नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको नेपाल शिव सेना परिवारले जनाएको छ । 

नागरिक अभिनन्दन र पूर्वराजपरिवार सहभागी हुने नेपालगञ्जका सबै कार्यक्रमको सुरक्षाको जिम्मा आफूहरुले लिने शिवसेनाले निर्णयसमेत गरेको छ । त्यसका लागि सुरक्षा समिति बनाइएको शिवसेनाले २३ सदस्यीय उपसमिति गठन गरेको जानकारी पनि दिएको छ । 

नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र सपरिवार आज नेपालगञ्ज पुगिसकेका छन् । बुद्ध एयरको उडान नम्बर बिएचए–४०७ बाट पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी हिमानी शाहसहित छ जना आज साँझ नेपालगञ्ज ओर्लिएको शिव सेना परिवारले बताएको छ । 

पूर्वराजपरिवारका सदस्यहरु नेपालगञ्जको भुजहीस्थित होटल सोल्टीमा बसेको बस्नुभएको छ ।

टिप्पणीहरू