सिमरामाथिको आकाशमा विदेशी विमानका धेरै फन्को

सिमरामाथिको आकाशमा विदेशी विमानका धेरै फन्को

काठमाडौं उपत्यका र नजिकैको आकाशमा उत्पन्न प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक वाह्य हवाई उडान प्रभावित भएको छ । तोकिएभन्दा कम दूरीको भिजिबिलिटीका कारण केही विमान आकाशमा होल्ड (फन्को) गरिएको बताइएको छ ।

आज मध्यान्ह कोलम्बोबाट काठमाडौँ आउँदै गरेको श्रीलङ्कन एयरलाइन्सको विमानले पौने घण्टा फन्को लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम देखिएपछि विमान केही समय आकाशमा थप उडेको हो ।

मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको विमान पनि त्यसैगरी सिमरामाथिको आकाशमा होल्ड भएको हो । केही समयपछि भिजिबिलिटीको स्तर बढेपछि दुबै विमान काठमाडौं विमानस्थलमा अवतरण भएको थियो ।

मुलुकका विभिन्न स्थानतर्फ उडान भर्दै आएका विमानको उडान तालिका पनि प्रभावित भएको बताइएको छ । काठमाडौंमा मध्यान्हको समयदेखि आकाश धुम्मिएपछि वर्षा भएको छ ।     हिजो पनि धेरै उडानको तालिका प्रभावित भएको थियो ।
 

टिप्पणीहरू