संसदका दुवै सदनमा नयाँ सचिव

संसदका दुवै सदनमा नयाँ सचिव

संघीय संसदका दुबै सदनमा सचिव नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभामा पद्मप्रसाद पाण्डे र राष्ट्रियसभामा डा.सुरेन्द्र अर्याललाई सचिव नियुक्त गर्नुभएको हो । 

सभामुख देवराज घिमिरेको सिफारिसमा पाण्डेलाई र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा अर्याल राष्ट्रपतिबाट सचिव पदमा नियुक्त भएको बताइएको छ । 

राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै दुवै जनालाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सचिव पदमा नियुक्त गरेको जानकारी दिएको छ । 

सचिवद्वय प्रतिनिधिसभाका गोपालनाथ योगी र राष्ट्रियसभाका राजेन्द्र फुँयालको कार्यकाल गत वैशाख १५ गते सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो ।
 

टिप्पणीहरू