रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गतेसम्म लगनखेलमै राखिने

रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गतेसम्म लगनखेलमै राखिने

रातो मच्छिन्द्रनाथको रथ आगामी जेठ ८ गतेसम्म लगनखेलमा राखिने भएको छ । सो दिन दिउँसो ३ बजेर ४९ मीनेटको साइतमा रथलाई जावलाखेलतर्फ लगिने छ ।

ज्योतिषीहरुका अनुसार लगनखेलबाट तान्ने रथको साइत जेठ ८ गतेको लागि मात्रै निस्केको छ । पुल्चोकबाट मंगलबजार हुँदै पाटनका विभिन्न भागबाट लगनखेल पुर्याइएको रथ केही दिन त्यहाँ राखिएको हो ।

वर्षा र सहकालका देवताको जात्रामध्येको यो सबैभन्दा लामो हो । रथ यात्राको अन्तिम दिन जावलाखेलमा भोटो देखाइन्छ ।
 

टिप्पणीहरू