सेनाको हेलिकप्टरमा ल्याइयो आरोहण सहयोगी देव लामाको शव

सेनाको हेलिकप्टरमा ल्याइयो आरोहण सहयोगी देव लामाको शव

नेपाली सेनाको हेलिकप्टरमा आरोहण सहयोगी देव लामाको शव काठमाडौं ल्याइएको छ । धौलागिरी बेस क्याम्पबाट उद्धार गरेर ल्याइएको शव पोष्टमार्टमको निम्ति सेनाको हेलिकोप्टर एनए ०४५ इसीयुमा पोखराबाट काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा पुर्याइएको छ ।

लामाको शव पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर त्यहाँबाट शव वाहनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।


 

टिप्पणीहरू