सरकारलाई धन्यवाद दिँदै माधव नेपाल भन्नुहुन्छ - खुट्टा कमाउने होइन

सरकारलाई धन्यवाद दिँदै माधव नेपाल भन्नुहुन्छ - खुट्टा कमाउने होइन

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको टिप्पणी गर्नुभएको छ । 

पार्टी निकट समाजवादी प्रेस संगठन पर्साले आज बिहान वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनुपर्ने पनि बताउनुभयो ।

‘आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाउन प्रलोभन दिनेहरु अपराधी मात्रै होइनन, राष्ट्रद्रोही पनि हुन,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘देशको नै मान, सम्मान र मर्यादामा आँच पुर्‍याउनेहरुलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुदैँन्, उनीहरुलाई हदैसम्म कारबाही गर्नुपर्छ ।’ 

त्यसक्रममा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकोमा सरकारलाइ धन्यवाद पनि दिनुभयो । ‘यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुन तरिकाले काम गरिरहेको छ, यो कार्य र साहसिक कदमको सरहाना गर्दछु,’ उहाँले भन्नुभयो । 

जनताको विश्वास जित्दै परिणाममुखी कार्य गर्न पनि अध्यक्ष नेपालको सरकारलाई सुझाव छ ।

‘भुटानी शरणार्थी प्रकरणमा मात्र हैन, कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई पक्राउगरी दण्ड र सजाय दिनुपर्छ, यसमा जनता र हाम्रो पार्टीको साथ र समन्वय  र साथ सहयोग रहने नै छ । हामी सरकारको भ्रष्टाचार विरोधी अभियानको साथमा छौं र परेकाे खण्डमा सहयाेग पनि गर्नेछाैं’, उहाँ भन्नुहुन्छ ।
 

टिप्पणीहरू