रवि लामिछानेले खोजे सर्वगुण सम्पन्न ‘सचिवालय अधिकृत’

रवि लामिछानेले खोजे सर्वगुण सम्पन्न ‘सचिवालय अधिकृत’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् संसदीय दलका नेता रवि लामिछानेलाई कर्मचारीको खाँचो परेको छ । उनलाई आफ्नो सचिवालयको निम्ति ‘सचिवालय अधिकृत’ को आवश्यकता परेको जानकारी दिएका छन् । 

रास्वपाले आज एक सूचना मार्फत् इच्छुक युवालाई सात दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिन भनेको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट कानुन, राजनीतिशास्त्र, जनप्रशासन वा पत्रकारिता विषयमा स्नातक गरेकाले आवेदन दिन सक्नेछन् । 

त्यस्तै, समसामयिक राजनीतिक विषयमा जानकार, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान, सीप र दक्षता भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि राख्ने, नेपाली र अंग्रेजी भाषामा अब्बल, विषम परिस्थितिमा समेत काम गर्न सक्ने, इमान्दारिता, सदाचारिता, जिम्मेवारीपन भएको, नेपाली टाइप गर्न सक्ने र कम्तीमा १० वर्षको कार्य अनुभव भएकोलगायत योग्यता तोकिएको छ । 

साथै, निर्धारित समयभित्र आएका आवेदनहरुमध्ये प्रारम्भिक छनौटमा परेका आवेदकलाई मात्र लिखित परीक्षामा सामेल गराइने स्पष्ट पारिएको छ । लोकसेवा आयोगले झैँ लिखित, मौखिक र प्रयोगात्मक परीक्षामा सामेल भएका उम्मेदवारलाई उत्कृष्टताको आधारमा छनौट गरिने जनाइएको छ ।

टिप्पणीहरू