प्रधानमन्त्री दिउँसो त्रिपुरेश्वरको कभर्ड हल पुग्ने

प्रधानमन्त्री दिउँसो त्रिपुरेश्वरको कभर्ड हल पुग्ने

आजदेखि राजधानीमा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको शुरु हुँदैछ । सेन्ट्रल एसियाली महिला भलिबल प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।
 
उहाँ दिउँसो २ बजे प्रतियोगिता उद्घाटनको निम्ति राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हल पुग्नुहुने बताइएको छ । प्रतियोगिता आगामी आइतबारसम्म हुनेछ । 

प्रतियोगितामा नेपासहित आठ देशको सहभागिता छ । बंगलादेश, भारत, कजाकिस्तान, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तानका महिला भलिबल खेलाडीहरु सहभागी हुँदैछन् ।

टिप्पणीहरू