ओली उवाच

ओली उवाच

राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गरेकै दिन ‘हाम्रा सांसद नून खाएका कुखुराजस्ता भए, सधैं झोक्राएर बस्ने !’ यसो भन्दै अध्यक्ष केपी ओली संसदीय दलको बैठकमा कड्किनुभयो । संसदका सम्पूर्ण प्रक्रियालाई अवरुद्ध पार्नुपर्ने र आफ्ना सांसदले अवरोध गरिरहनुपर्ने भन्ने उहाँको आशय थियो । त

र, अहिलेका एमाले सांसदहरू हुबहु त्यसो गर्न तयार छैनन् । त्यसकारण उहाँ संसदीय दलको बैठकमा त्यसरी तात्तिनुभएको हो । उहाँलाई संसदभित्र सांसदभन्दा पनि गणपूरक संख्या चाहिएको थियो । आफ्नो ज्ञान, विवेक क्षमतासहित ‘म पनि पार्टीको मान्छे हुँ’ भन्न सक्नेलाई कत्लेआम पारियो र परिवार दलको अध्यक्ष एकनाथलाई सांसद बनाइयो । तर, उनी देश कमै बस्छन् । ओलीले उनलाई पनि सांसद बनाएको गणपूरक संख्याकै निम्ति हो । किनभने, संसदीय व्यवस्थाबाट प्रगति हासिल गर्ने अभ्यास एमालेमा भएन । 

उहाँले नै संविधानविपरित दुई–दुईचोटि संसद विघटन गर्नुभएकै हो । अहिले जुनियरहरूलाई प्रमुख सचेतक, सचेतक बनाएको पनि परिणामका लागि हैन, ‘जी–हजुरी’ गर्नेलाई भाग पुर्याउनका लागि भन्ने भएको एमाले नेताहरूको टिप्पणी छ ।

संसदीय दलको बैठकपछि सांसदहरूबीच चलेको चर्चाअनुसार उपमहासचिव विष्णु रिमालको फेसबुकमा ओलीको स्ट्याटसमाथि ५० हजार लाइक आयो भने पार्टीको बहुमत आयो’ भन्ने अभिव्यक्ति ओली रिझाउनका निम्ति थियो, जुन सुनेर उहाँ खुशीले गदगद हुनुभयो । बहुमतचाहिँ सपनामा मात्रै आयो ।

टिप्पणीहरू