काबुलबाट चीनमा अन्तर्राष्ट्रिय उडान शुरु

काबुलबाट चीनमा अन्तर्राष्ट्रिय उडान शुरु

अफगानिस्तानको राजधानी काबुलबाट चीनको पश्चिम शहर उरुम्छीमा अन्तर्राष्ट्रिय उडान थालिएको छ । तीन वर्षको अन्तरालपछि उक्त उडान शुरु भएको बताइएको छ ।

कोरोना महामारीपछि रोकिएको अन्तर्राष्ट्रिय उडान बुधबारदेखि थालिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । अफगानिस्तानको अरिआना अफगान एअरलाइन्सले साताको एक उडान थालेको हो ।

हरेक बुधबार काबुलबाट उड्ने उक्त विमान सोही दिन उरुम्छीबाट फर्कने उडान तालिका छ । उक्त दुई स्थानको हवाई दूरी १८ सय ७६ किलोमीटर छ ।

टिप्पणीहरू