प्रधानमन्त्री कार्यालयमा नेविसंघको डेलिगेसन

प्रधानमन्त्री कार्यालयमा नेविसंघको डेलिगेसन

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शैक्षिक नीति तर्जुमा गर्न माग गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेविसंघका नेताहरुले शिक्षामा सुधार गर्न राज्यले नयाँ नीति अबलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघका नेताहरुले सुसासन र भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमको प्रशंसा गर्दै  भ्रष्टाचार विरोधि अभियानमा आफूहरु सरकारसँगै रहेको बताए । त्यसक्रममा उनीहरुले विभिन्न मागसमेत राखेका छन् ।

संगठनको तर्फबाट आफ्ना माग प्रस्तुत गर्दै नेविसंघ अध्यक्ष  दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष र नास्टको उपकुलपति नियुक्ति तत्काल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 

नेविसंघको मागमा सकारात्मक रहेको बताउनुभएका प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने विश्वाससमेत दिलाउनुभएको बताइएको छ । विश्वविद्यालयलाई अविश्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा समावेस भैसकेको भन्दै उहाँले  त्यसलाई बजेटबाट प्रष्ट पार्ने विश्वास विद्यार्थी नेताहरुलाई दिलाउनुभयो ।
 

टिप्पणीहरू