बजेटको आकार घट्यो, खर्च अनुमान पनि कम

बजेटको आकार घट्यो, खर्च अनुमान पनि कम

सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि चालु आर्थिक वर्षको तुलनामा सानो आकारको बजेट ल्याएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ । यो चालु आर्थिक वर्षको भन्दा कम हो । 

यो वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ हो ।

सरकारले विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यवस्थापन गरिने बताइएको छ ।

खर्चतर्फ चालु खर्च ११ खर्ब ४१ अर्ब ८८ करोड अर्थात् ६५.२० प्रतिशत र पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड (१७ प्रतिशत) अनुमान गरिएको छ । त्यस्तै, वित्तिय व्यवस्थापनतर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १.३७ प्रतिशतले बढी रहेको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

टिप्पणीहरू