भारत भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री झन् व्यस्त

भारत भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री झन् व्यस्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि भारतको चार दिने भ्रमण गर्दै हुनुहुन्छ । उहाँ छ दर्जनबढी सदस्य रहेको जम्बो टोलीका साथ भोलि नयाँ दिल्ली जाने कार्यक्रम छ । टोलीमा मन्त्रीदेखि, सचिव, सरकारी अधिकारीहरु, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरु राखिएका छन् ।

त्यसअघि उहाँले अस्ति विभिन्न क्षेत्रका विज्ञ, पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्रीहरु, पूर्व राजदूत तथा विज्ञहरुसँग परामर्श गरिसक्नुभएको छ । आज १२ बजे उहँ माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा जाने कार्यक्रम छ ।

त्यसपछि दिउँसो १ बजे उहाँ पार्टी संसदीय दलको बैठकमा सहभागी हुने र २ बजे डाकिएको मन्त्रीपरिषद् बैठकमा सहभागी हुनुहुने बताइएको छ ।

साँझ ६ बजे प्रधानमन्त्री दाहाल राष्ट्रिय नाचघर जमल जाने कार्यक्रम छ । आज साँझ नाचघरमा गणतान्त्रिक साँस्कृतिक साँझको आयोजना गर्न लागिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

टिप्पणीहरू