प्रधानमन्त्री र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

प्रधानमन्त्री र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा आएको चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओहुईको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको छ ।

हिजो राति साढे १० बजे सिंगापुर हुँदै काठमाडौं आएको १४ सदस्यीय प्रतिनिधिमण्डल प्रधानमन्त्रीसँग छलफल गर्न बिहान पौने ९ बजे बालुवाटार गएको हो । भेटवार्ता अहिले पनि जारी छ ।

प्रधानमन्त्री दाहाल आजै दिउँसो पौने २ बजे भारतको चार दिने भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ । उहाँ शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू