एसियाली खेलकुदकाे स्वयमसेवक राेबाेट कुकुर

स्राेत : सिन्ह्वा ।

चीनमा आगामी सेप्टेम्बरमा १९ औं एसियाली खेलकुद हुँदैछ । हाङचौमा हुने खेलकुदमा स्वयमसेवकको रुपमा रोबोट कुकुर खटाइने भएको छ ।

यस्ता स्वयम्सेवी विद्युत आपूर्ति प्रणालीको रेखदेख, दृष्टिविहीनहरुको सेवालगायतमा खटिनेछन् । हाङचौ एसियाली खेलकुद सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदैछ । 

गत वर्ष हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको हो । चीनले सन् १९९० मा बेइजिङमा र सन् २०१० मा ग्वाङझौमा यस्तै प्रतियोगिता आयोजना गरिसकेको छ ।

सन् २००८ को गृष्मकालीन ओलम्पिक र सन् २०२२ को हिउँदे ओलम्पिक आयोजना गरेर राजधानी बेइजिङले विश्वमा एउटै शहरले दुई वटा ओलम्पिक आयोजना गरेर नयाँ कीर्तिमान कायम गरेको छ ।

टिप्पणीहरू