विश्व स्वास्थ्य संगठनका प्रतिनिधि आए, सर्वोच्चका पूर्वश्रीमान पनि स्वदेश फिर्ता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डव काठमाडौँ आइपुगेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा रहेका उनी आज अपरान्ह काठमाडौँ आएका हुन् ।
भिस्तारा एयरको उडान नम्बर युके–१५५ बाट अपरान्ह ४ बजे पाण्डव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको बताइन्छ ।
त्यस्तै, सर्वोच्च अदालतका पूर्वकामु प्रधानन्यायाधीश दीपक कार्की पनि आज स्वदेश फर्किएका छन् । कार्की कतार एयरवेजको उडान नम्बर क्युआर–६४६ मा अपरान्ह साढे ४ बजे काठमाडौँ आइपुगेका हुन् ।
टिप्पणीहरू