प्रकाण्डलाई लिएर प्रचण्ड भेट्न बालुवाटार पुगे विप्लव

प्रकाण्डलाई लिएर प्रचण्ड भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । 

प्रधानमन्त्री भेट्न विप्लव साँझ साढे ६ बजे बालुवाटार पुगेका थिए । सो भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सामेल भएका हुन् ।

माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको भनिएका बेला प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको भोलिपल्टै आफ्ना प्रवक्तालाई लिएर विप्लव बालुवाटार पुग्नुलाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू