प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने

प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रत्येक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । 

मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ प्रमाणित भएको मितिलाई आधार मानेर प्रत्येक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जानकारी दिएको छ । 

साथै, सोहीअनुसार राष्ट्रिय शिक्षा दिवस मनाउन मन्त्रालयले प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ र सबै स्थानीय तहलाई पत्राचार गरेको छ । 

योसँगै मन्त्रालयले नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ मन्त्रालयको वेभसाइटबाट डाउनलोड गरी हेर्न सकिने व्यवस्था समेत गरिएको जनाएको छ ।

टिप्पणीहरू