रघुवीर र विनोद चौधरीको छुट्टाछुट्टै ठाउँबाट आगमन

रघुवीर र विनोद चौधरीको छुट्टाछुट्टै ठाउँबाट आगमन

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठ काठमाडौँ फर्किएका छन् । उनी सिमराबाट आज दिउँसो काठमाडौँ आइपुगेका हुन् ।   

बुद्ध एयरको उडानमा महासेठ दिउँसो साढे १ बजे काठमाडौं ओर्लिएको बताइएको छ । उनी आज बिहान पौने ९ बजे यती एअरलाइन्सको उडानमा काठमाडौंबाट सिमरा गएका थिए ।

त्यस्तै, बुद्धकै उडानबाट डलर अर्बपति भनेर चिनिने नेपाली काँग्रेसका सांसद विनोद चौधरी नेपालगञ्जबाट काठमाडौँ आइपुगेका छन् । दिउँसो साढे ४ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।

टिप्पणीहरू