अश्लिल फिल्मकी नायिकाको मुद्दामा पराजित अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को झमेला

अश्लिल फिल्मकी नायिकाको मुद्दामा पराजित अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को झमेला

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को मुद्दा दर्ता भएको  छ । सरकारी गोप्य कागजात दुरुपयोग गरेको आरोपमा उनीविरुद्ध अर्को फौजदारी मुद्दा दर्ता भएको छ ।

उनलाई अमेरिकाको मियामीस्थित संघीय अदालतमा आगामी मंगलबार हाजिर हुन आदेश दिइएको छ । ट्रम्पको मार–अ–लागोस्थित निवासमा सरकारी गोप्य कागजात फेला परेको थियो । उनीविरुद्ध सरकारी कागजात दुरुपयोगको सात आरोप लगाइएको छ ।

दुई महिनाअघि न्यूयोर्कको एक अदालतले ट्रम्पलाई अश्लिल फिल्मकी नायिकासँग अनुचित व्यवहार गरेको आरोपमा क्षतिपूर्तिको आदेश दिएको थियो ।

टिप्पणीहरू