नर्भिक अस्पतालले भन्यो : प्रधानमन्त्री तन्दुरुस्त हुनुहुन्छ

नर्भिक अस्पतालले भन्यो : प्रधानमन्त्री तन्दुरुस्त हुनुहुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य परीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्पूर्ण स्वास्थ्य परीक्षण गराउनुभएको नर्भिक हस्पिटलले जानकारी दिएको छ । अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले हिजो दिउँसो साढे ३ बजे प्रधानमन्त्री प्रचण्ड स्वास्थ्य परीक्षणका लागि अस्पतालमा पुग्नुभएको हो । करिब डेढघण्टाको समयमा उहाँको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको बताउँदै उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखियो ।’ 

उहाँ हिजो पत्नी सीता दाहालको स्वास्थ्य परीक्षणको सिलसिलामा नर्भिक जानुभएको थियो । सोही क्रममा आफ्नो पनि परीक्षण गराउनुभएको हो । सीतालाई एमआरआई गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार लगिएको थियो ।

टिप्पणीहरू