सबै श्रेणीहरू

ज्याक माले गरे स्वयम्भूको दर्शन

ज्याक माले गरे स्वयम्भूको दर्शन

हिजो काठमाडौं आइपुगेका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा आज स्वयम्भू दर्शन गर्न पुगेका छन् । उनी बिहान साढे १० बजेको समयमा कालिमाटी तरकारी बजारको निरीक्षण गर्न जाने क्रममा स्वयम्भू डाँडामा उक्लेका हुन् । 

कालिमाटी तरकारी बजार पुगेका टोलीका केही सदस्यसहित ज्याकले स्वयम्भूको दर्शन गरेको बताइएको छ । उनीसँग काठमाडौं आएको टोलीमा डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङ छन् ।

स्वयम्भू चैत्यको दर्शनसँगै उनले नजिकैबाट काठमाडौं उपत्यकाको अवलोकन गरेको बताइन्छ ।