चीनले कम्प्युटर चिपको दुई धातुमा कटौति गरेपछि अमेरिकी अर्थमन्त्री बेइजिङमा

चीनले कम्प्युटर चिपको दुई धातुमा कटौति गरेपछि अमेरिकी अर्थमन्त्री बेइजिङमा

अमेरिकी अर्थमन्त्री जेनेट येलेन चीन भ्रमणको क्रममा राजधानी बेइजिङ पुगेकी छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्क चीन पुगेको तीन साता नबित्दै अर्थमन्त्री येलेन बेइजिङ गएकी हुन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको चिसिँदै गएको सम्बन्धलाई न्यानो बनाउन अमेरिकी अधिकारीहरुको एकपछि अर्को भ्रमण भएको हो । अमेरिकाले ताइवान र युक्रेन मामिलादेखि राष्ट्रिय सुरक्षा, व्यापार विवाद निकालेपछि चीन रुष्ट हुँदै आएको छ । 

यता चीनले पनि अमेरिकालाई कम्प्युटर चिप बनाउन प्रयोग हुने दुई प्रमुख धातुहरु ग्यालियम र जेर्मानियमको निर्यातमा कटौती गर्ने घोषणा गरेपछि अमेरिकी अर्थमन्त्री बेइजिङ पुगेको बताइन्छ । 

पछिल्लो तथ्याङ्क अनुसार सन् २०२२ मा अमेरिकाले चीनबाट पाँच खर्ब ३६ अर्ब अमेरिकी डलर बराबरको सामान आयात गरेको थियो । त्यसैगरी चीनले अमेरिकाबाट जम्मा एक अर्ब ५४ करोड डलरको वस्तु आयात गरेको देखिन्छ ।
 

टिप्पणीहरू